Section 56
घर जग्गाभित्र प्रवेश गर्ने अधिकार
यो ऐन बमोजिम कुनै कुराको जाँचबुझ गर्ने प्रयोजनको निमित्त सम्बन्धित गाउँपालिका वा नगरपालिका, अड्डा, समिति वा अधिकारीले सम्बन्धित जुनसुकै व्यक्तिको घर जग्गामा पूर्वसूचना दिई प्रवेश गर्न पाउनेछ ।
तर, त्यस्तो अधिकारीले कसैको घर जग्गामा प्रवेश गर्दा गाउँपालिका वा नगरपालिकाको १ जना सदस्यलाई साक्षी राख्नुपर्छ ।